मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी खारेज

संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारीबाट मुक्त गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले कारबाही गरी कार्यकारीको जिम्मेवारीबाट हटाएपनि अध्यक्ष भने यथाबत रहेको जनाएको छ।

दाहालले पार्टीको काम र एकतामा ध्यान नपुर्याएको, अबान्छित गतिबिधि गरेको भन्दै कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको पार्टिका नबनियुक्त प्रबक्ता प्रदीप ज्ञावालीले जानकारी दिनु भयो । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने समेत निर्णय गरिएको नेकपा ओलीपक्षीय केन्द्रीय कमिटीकोको आजको बैठकले जानकारी दिएको छ । नेकपा ओलीपक्षीय केन्द्रीय कमिटीका अनुसार दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएपछि अब ओलीको मात्र हस्ताक्षर चल्नेछ । बैठकमा हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ ।
बैठकमा चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो । केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ ।