मुख्य खबरसमाचारफिचर

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८०३ जना पुगेको छ ।