
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ७९८ जना पुगेको छ ।








