मुख्य खबरसमाचारफिचर

ओली समूहको निर्णय : आगामी मंसिर २ गते नेकपाको एकता महाधिवेशन

संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते काठमाडौंमा‍ गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन्।

बैठकले यस प्रस्ताव अनुमोदनसमेत गरिसकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। यस कमिटीमा १ हजार १ सय ९९ सदस्य रहने जनाइएको छ।

यसै बैठकले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा त्यसयता दुई स्पष्ट दुई गुटमा बाँडिएर छुट्टाछुट्टै भेला तथा बैठक आयोजना गरिरहेका छन्।