मुख्य खबरसमाचारफिचर

नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १०७९ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ४४ हजार ७४३ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ७९५ पुगेको छ ।