मुख्य खबरफिचर

मकवानपुरमा एक पुरूषको शव फेला

संवाददाता

हेटौँडा \  मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर ८ मा पुरूषको शव फेला परेको छ। बकैया गाउँपालिकाका वडा नम्बर ८ मा पर्ने कालेश्वर सामुदायिक वनमा एक पुरूषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्, ।

शुक्रबार दिउँसो अन्दाजी ३०/३५ बर्षको देखिने पुरूषको शव वनमा पातपतिङ्गरमा लतपतिएको अवस्थामा फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको टोली पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।