मुख्य खबरसमाचारफिचर

कात्रोमा समेत भष्ट्राचार गर्यो ओली सरकारले : प्रवक्ता शर्मा

संवाददाता

ओली नेतृत्व सरकारको सर्वसत्तावाद, भष्ट्रचार र कोभिड विरुद्धको अकर्मण्यताको विरोधमा देशको ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको मकवानपुर जिल्लाको हेटौंडामा पनि आयोजना भएको छ ।

सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले यो कम्युनिष्ट सरकारले सुतिरहेको बाघलाई चलाएको छ अब सडकमा रहि जनताको माझमा उभिने बताउनु भयो ।
नेपाली कांग्रेस सडकमा आउनुको कारण ओली सरकारको समयमा कोरोनाको महामारीको बेलामा अत्यधिक भष्ट्राचार बढनु, सर्वसक्तावाद लाद्नु, जनतामा निराशा बढनुनै हो ।

No description available.

कांग्रेस हारे पनि जिते पनि जेठो पार्टी हो । कोरोनाको समयमा यो सरकारलाई ५० लाख सहयोग गरेको हो तर यो सरकार कात्रो किन्दा पनि भष्ट्राचारमा लिप्त भएपछि कांग्रेस सडकमा आउन बाध्य भएको बताउनुभयो ।

शर्माले जनता कोरोनाको मारमा छन् तर सरकार हार जित अनि पदको लागि लुछाचुँडीको खेलमा रहेको बताउनुभयो । झुटको खेती गर्ने यस सरकार जनतालाई निराशाको भुमरीमा राखेको बताउनुभयो ।