मुख्य खबरसमाचारफिचर

भष्ट्राचारमा लिप्त छ सरकार : सभापति देउवा

संवाददाता

ओली नेतृत्व सरकारको सर्वसत्तावाद, भष्ट्रचार र कोभिड विरुद्धको अकर्मण्यताको विरोधमा देशको ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको परिपे्रक्ष्यमा मकवानपुर जिल्लाको हेटौंडामा पनि आयोजना भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय र बागमती प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले सम्बोधन गर्नुभएको छ ।

हेटौंडामा भएको विरोध प्रदर्शन पछि बुद्धचोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले एकदलिय सर्वसक्तावाद शासनमा जस्तो क्रियाकलाप गरे पछि बाध्य भएर सडकमा आउनुपरेको बताउनुभयो ।

No description available.

कोरोनाको महामारीको बेलामा पनि भष्ट्राचारमा लिप्त रहेको यो सरकारले न निर्मला पन्तको हत्यारा समात्न सक्यो न समात्न नै चाह्यो । यो सरकार देखि जनता वाक्क भएका छन र यहि सरकारका कारण केहि जनता राजा आउ देश बचाउ भन्ने परिस्थिती पुगिसकेको अवस्था रहेको बताउनुभयो ।