मुख्य खबरसमाचारफिचर

हेटौंडामा कांग्रेसको प्रदर्शनको तयारी

संवाददाता

हेटौंडा \ ओली नेतृत्वको बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले बताएका छन् ।

हेटौंडामा आइतबार विहान प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै नेता बाँनियाले बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने जानकारी दिए ।

नेता बाँनियाले ओली सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको भ्रष्टचार, बढेदो महिला हिंसा र बलात्कारका घटना, कोरोनाबाट जनतालाई परेको समस्या, किसानले समयमै मल पाउँन नसकेको लगाएत उल्लेख गर्दै सरकारले कांग्रेसलाई सडकमा आउँन बाध्य पारेको दावी गरे ।

ओली सरकारले बोलीमा लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गरेको भएपनि व्यवहारमा ठिक उल्टो चरित्र देखाएको बताउँदै नेता बाँनियाले राजाका नाममा सडकमा रमिता देखाउने  वा लोकतान्त्रको विरुद्धमा व्यवहार देखाउँने ओली सरकार होस उनीहरुको भण्डाफोर गर्ने बताए ।
सरकारका गलत कृयाकलाको नेपाली कांग्रेसले संसद, फेसबुक, ट्वीटर लगाएतमा विरोध गरेपनि सरकारले नसुनेका कारण कोरोनाका पनि सडकमा उत्रन बाध्य हुनुपरेका नेता बाँनियाले जिकिर गरे ।

नेपाली कांग्रेसले भोली सोमबार हेटौंडाको बुद्ध चोकमा बृहत प्रदर्शन सहित सरकारको विरोध गर्न लागेको हो । सरकारका गलत कृयाकलाप विरुद्धमा सडकम उत्रन लागेको कांग्रेसले हेटौंडाका विभिन्न ४ स्थानबाट विरोध ¥याली सहित प्रदर्शन गर्ने तयारी गरेको छ ।

कांग्रेसले पूर्वि क्षेत्रमा सानोपोखरा, पश्चिम क्षेत्रमा जिल्ला प्रहरी कार्यलय, पश्चिम तर्फ चौकिटोल उकालो र दक्षिण तर्फ बनविज्ञान क्याम्पस अगाडी भेला भएर जुलुस सहित प्रदर्शन गर्ने पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

नेपाल प्रेस युनियन मकवानपुका अध्यक्ष कुमार अधिकारी पोष्टाराजको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर पार्टी उपसभापती विष्णु लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य अर्जुन तिवारी, सल्लाहाका अशोक शाक्य, हेटौंडा उपमहानगर सभापती अनन्दराम पराजुली, प्रेस युनियनका केन्द्रीय सदस्य राममणी दाहाल, प्रेस युनिय मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल लगाएतको उपस्थिति रहेको थियो ।