मुख्य खबरसमाचारफिचर

नेपालमा थप ८३० जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५०० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ६९८ जना पुगेको छ ।