मुख्य खबरसमाचारफिचर

पत्रकार महासंघ साधारण सभा: नेगेटिभ सोच र बुझाई पत्रकारको हुनुहुन्न: मुख्यमन्त्री पौडेल

संवाददाता

खबरबाकस \ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औं साधारण सभा भएको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा सभा भएको हो । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पत्रकारको सोच र बुझाई नेगेटिभ हुन नहुने बताए । प्रदेश सरकारले पत्रकारको हकहितमा काम गर्ने हेतुले संचार रजिष्ट्रार स्थापना गरी सेवा प्रदान गरेको बताउदैं सरकारको सहयोगीको रुपमा पत्रकार हुनुपर्ने बताए ।

त्यस्तै, सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले पत्रकारले सरकारलाई झक्झाउने काम गरिनुपर्ने बताउदैं मिडियाहरु मर्ज भई काम गर्नुपर्ने बताए । कृषि लगायत अन्य क्षेत्रमा जस्तै पत्रकारलाई पनि मापदण्ड अपनाएर विना धितो ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्, ।

No description available.

महासंघका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत, महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल,सचिव राम प्रसाद दाहाल, बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटा, प्रदेश महासंघका अध्यक्ष प्रताप विष्ठ, जिल्लाका पुर्व अध्यक्षहरु लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पार्वतीमान/बोम बहादुर राउत अग्रज पत्रकारिता पुरस्कार २०७७बाट राससमा कार्यरत कृष्णराम परियार र पुर्व अध्यक्ष कौशल पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै,न्हुच्छेमान क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट कर्पोरेट नेपाल डटकममा कार्यरत खेम बोलखेलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सचिव गणेश अधिकारी र कोषाध्यक्ष सुदिप शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पास गरिएको थियो । जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि २०७७ सभामा पेश भएता पनि केहि संसोधन गर्नुपर्ने भएका पछि ४ जनाको समितिको कार्य दल बनाइ संसोधनको प्रक्रिया गरिने भएको छ ।