मुख्य खबरसमाचारफिचर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम

संवाददाता

हेटौंडा \  सर्बोच्च शिखर सगरमाथाको पछिल्लो पटक मापन गरिएको उँचाइ  मंगलबार सार्वजनिक गरिएकोछ ।
नापी विभागमा  सार्वजनिक तथ्याङ्क अनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गरेको हो । नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेको नापी बिभागले जनाएको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो ।

नापी बिभागको आफ्नै जनशक्ति प्रयोग गरी बिभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क प्रशोधन गरी सगरमाथाको उचाइ सम्बन्धी पछिल्लो परिणाम निकालिएको बिभागले जनाएको छ ।

सगरमाथाको उँचाइ बारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भैसकेको बिभागले जनाएको छ ।