मुख्य खबरसमाचारफिचर

हेटौंडाको कोलोनीमा शव फेला

संवाददाता

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सडुन कोलोनिमा शव भेटिएको छ । कोलोनीको झाडीमा पातपतिङ्गरले छोपिएको अवस्थामा अन्दाजी ३५/४० बर्षको जस्तो देखिने पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक ईन्द्र बहादुर रानाले बताउनुभयो ।

घटनास्थलमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको प्रहरी टोली र स्थानियहरुको उपस्थितीमा शवको मुचुल्का उठाइएको रानाले बताउनुभयो । मर्निङ्ग वाक गर्ने मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भने नभएको जनाइएको छ । तस्विर सौजन्य सुनिल शिवाकोटी