
खबर बाकस \ मकवानपुरमा शुक्रबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका १२ जना रहेका छन्, । त्यस्तै, भीमफेदीका १ जना,मनहरीका १ जना र बारा जिल्लाका १ जना गरी १५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १९ गते संकलन गरिएको थियो ।









