मुख्य खबरसमाचारफिचर

नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५७५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५६७ जना पुगेको छ ।