मुख्य खबरसमाचारफिचर

उत्पादन तथा रोजगारी श्रृजनाको लागि सहुलियतपुर्ण ऋण लगानी सम्झौता

संवाददाता

 खबर बाकस \ बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी श्रृजनाको लागि सहुलियतपुर्ण ऋण प्रवाह गर्नको लागि मन्त्रालय र बैंक बीच सम्झौता भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तिय संस्था लि. र मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर गरीएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेल, कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको उपस्थितीमा सो सम्झौता गरिएको हो ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा उत्पादन तथा रोजगारी श्रृजनाको लागि रु ३ अर्व विनियोजित गरेको थियो । सोही रकम उत्पादन तथा रोजगारी श्रृजनाको लागि कृषि विकास बैंकलाई २ अर्ब र साना किसान लघुवित्त वित्तिय संस्थालाई १ अर्व प्रदान गरिने छ । सो रकम कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण महिला तथा दलित समुदाय र फोहोर व्यवस्थापनमा ईच्छुक कृषकहरु, व्यवसायीलाई कम्तिमा ५ लाख र बढीमा १० लाख ऋण मात्र ३ प्रतिशत व्याजमा ५ वर्षको लागि ऋण प्रदान गरिने छ । कृषि क्षेत्रमा ३ अर्वको ५० प्रतिशत अनिवार्य ऋण लगानी गर्नुपर्ने कार्यविधि बनाइएको छ ।

उक्त ऋण विना धितो, सामुहिक जमानीमा र परियोजना धितो राखी रु ५ लाख सम्म तथा सम्पती धितो राखी रु १० लाख सम्म ऋण प्रदान गरिने बताइएको छ ।

उत्पादन तथा रोजगारी श्रृजनाको लागि सहुलियतपुर्ण ऋण सम्बन्धी प्रकाश पार्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले प्रदेश सरकारले पदेशमा उक्त कृषि, उद्योग, पर्यटन, व्यापार वन तथा वातारण, महिला तथा दलित समुदाय र फोहोर व्यवस्थापनमा काम गर्न चाहाने युवाहरुलाई लक्षित गरेर उत्पादन तथा रोगजारी श्रृजना गरी उनीहरुलाई अभिप्रेरित गरी कृषि लगायत अन्य क्षेत्रमा ऋण लगानी गरी कृषि तथा अन्य क्षेत्रको उन्नती गर्ने उद्देश्यले सरकारले यस्तो योजना ल्याएको बताउनुभयो । यो कार्य योजनालाई मन्त्रालयले अनुगमन गर्ने समेत बताउनुभयो ।