मुख्य खबरसमाचारफिचर

नेपालमा थप १३४३ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५५१ जना पुगेको छ ।