मुख्य खबरसमाचारफिचर

सोमबार मकवानपुरमा २५ जनामा कोरोना पुष्टि

संवाददाता

 खबर बाकस \ मकवानपुरमा सोमबार थप २५ जनामा कोरोना पुष्टि भएको छ । सोमबार साझँ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ८ महिला र १७ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका १५ जना रहेका छन्, । त्यस्तै, मकवानपुरगढीका २ बकैयाका १ जना र बागमतीका ३ जना, मनहरीका १, भीमफेदीका ३ गरी २५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १५ गते संकलन गरिएको थियो ।