मुख्य खबरसमाचारफिचर

नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९३१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५०८ जना पुगेको छ ।