
हेटौँडा \ मकवानपुरमा आइतबार साँझ १६ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य ६ महिला र १० पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३४ प्रतिशत रहेको छ ।









