मुख्य खबरसमाचारफिचर

हेटौंडा अस्पतालमा भेन्टिलेटर सहित आइसियु कक्ष सञ्चालन

संवाददाता

खबरबाकस \ ८ वर्ष अघि देखिको सपना पुरा गर्दै बागमती प्रदेश राजधानी हेटौंडामा हेटौंडा अस्पतालद्धारा सघन उपचार कक्ष आइसियु तथा उच्च उपचार कक्ष एचडियु सञ्चालनमा ल्याइएको छ ।
सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै ८ वर्ष अघि आइसियु कक्ष सञ्चालन गर्ने सपना पुरा भएको बताउनुभयो । एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहात सम्झदै मुख्यमन्त्री पौडेलले अब हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताउनु भयो । रिफर गर्ने र बदनामको रुपमा रहेको अस्पताल विभिन्न सेवा प्रदान पश्चात देशकै चर्चित अस्पतालको रुपमा चिनाउने बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आइसियु सञ्चालन पश्चात अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताउनुभयो । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. हरि खड्काले आर्थिक अवस्था कमजोर भएका हरुको लागि आइसियु कोष स्थापना गरि सेवा दिने बताउनुभयो ।

४ वटा भेन्टिलेटर सहित ७ शैयाको आइसियु र १० शैया एचडियु सञ्चालन गरिएको छ । प्रतिदिन प्रतिवेड एचडियुको १५०० लाग्ने, भेन्टीलेटर सहितको आइसियु ४ हजार र विना भेन्टिरलेटरको आइसियु २ हजार प्रतिदिन लाग्ने अस्पताल स्रोतले जनाएको छ ।

कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलाल, मेसु डा. प्रविण श्रेष्ठ लगायत आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, ओम बहादुर ग्लान, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष डि.आर पौडेल (प्रकाश)को अध्यक्षतामा भएको थियो ।