
खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल ¥याली गरेको छ । हेटौंडाको हुप्राचौरबाट सुरु गरि नगरको विभिन्न भागमा परिक्रममा गरी मोटरसाइकल ¥याली गरेको हो ।
मोटरसाइकल ¥यालीको क्रममा राजावादीहरुले २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका अभियान्ताहरुको बृहत सहभागितामा नारा लगाएका थिए । राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा जुलुस लगाएका थिए ।
सो अवसरमा मोटरसाइकल ¥याली सहित युवा तथा महिला वृद्धवृद्धाहरुले नेपालको झण्डा बोक्दै पैदल यात्रा गरेका थिए । मोटरसाइकल, म्याजिक ¥याली तथा प्रदर्शनलाई सभ्य र सुरक्षा दिन चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।








