मुख्य खबरसमाचारफिचर

उद्योग वाणिज्य महासंघ चुनाव: मकवानपुरका सुमार्गी विजयी, न्यौपाने पराजित

संवाददाता

हेटौंडा \  नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् ।
जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार बनेका सुमार्गीले सातौं नम्बरमा विजयी भएका हुन् । एक सय पाँच मत मध्ये सुमार्गीले ६६ मत प्राप्त गरेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सुमार्गी यसअघि पनि महासंघको केन्द्रीय सदस्य रहेका थिए । उनी किशोर प्रधान प्यानलबाट चुनावी मैदानमा थिए । यद्यपी केन्द्रीय कार्यकारिणी उपाध्यक्षमा प्रधान भने पराजित भएका छन् ।

यस्तै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने भने केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा बागमती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका न्यौपानेले ५ मत मात्रै प्राप्त गरेका हुन् ।

बागमती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा ३ जनाको उम्मेदवारी रहेको थियो । कुल १६ मतमध्ये चितवनका चितवनका सहनलाल प्रधान ९ मतसहित विजयी भएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार राती अबेर आएको मत परिणामअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।