
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ११ हजार १८६ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ४५४ पुगेको छ ।








