
खबर बाकस \ मकवानपुरमा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार राती सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ५ महिला र ७ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका १० जना रहेका छन्, । त्यस्तै, मनहरीका १ जना र बागमतीका १ जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १२ गते संकलन गरिएको थियो ।









