
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ४३५ जना पुगेको छ ।








