मुख्य खबरसमाचारफिचर

मकवानपुरमा विहीबार साँझ १७ जना कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा विहीबार साँझ थप १७ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा ८ जना महिला र ९ पुरुष रहेका छन्, ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर १२ जना रहेका छन्, । त्यस्तै भीमफेदीका १ जना, थाहानगरका २ जना, मनहरीका १ जना र जिल्ला बाहिरका १ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको ११ गते स्वाब संकलन गरिएको थियो ।