मुख्य खबरसमाचारफिचर

नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ४१२ जना पुगेको छ ।