मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश सभा हलको शिलान्यास

संवाददाता

 खबरबाकस \ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयले बागमती प्रदेश सभा हल निर्माण गर्ने भएको छ । बुधबार प्रदेश सभा परिसरमा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले हलको शिलान्यास गर्नुभएको छ ।

४ करोड ३६ लाख २४ हजार लागतमा प्रदेश सभा हल निर्माण हुने भएको छ । शिलान्यास पश्चात सभामुख श्रेष्ठले समयमा नै निर्माण गर्न निर्माण कम्पनी अर्घाखाँची/ सगुन/पारामाउन्ट जेभिलाई निर्देशन दिनुभएको छ । उहाँले हामी रहदैं सभा हलको प्रयोग गर्न पाइयोस भन्दै यस सभा हल निर्माणले मुलुकमा नै सकरात्कम सन्देश दिने बताउनुभयो ।

कार्यक्रममा विपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले काम चलाउ सभा हल रहेको हुदाँ यस हल निर्माण पश्चात प्रदेश सभा संसद जस्तो देखिने बताउनुभयो । उहाँले १८ महिना होइन निर्माण कम्पनीले चाहेको खण्डमा ८ महिनामा नै निर्माण गर्न सक्छ भन्दै समयसिमामा निर्माण गर्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख राधिका तामाङ विशिष्ट अतिथि हुनुहुन्थ्यो । २५० जना अट्ने क्षमताको हल १४० फिट लम्बाई र ८० फिट चौडाईको बन्ने जनाइएको छ ।