
खबरबाकस \ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयले ५ करोड २६ लाख ८३ हजार लागतमा मुख्यमन्त्रधी तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने भएको छ ।बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले भुमि पुजन गरी शिलान्यास गर्नुभएको छ ।
हेटौंडा उपमहानगरको स्वामित्वमा रहेको जग्गामा सभा हल निमार्ण गरि एउटा सुसम्पन्न हल निर्माण गर्ने सपना पुरा भएको मुख्यमन्त्री पौडेलले बताउनु भयो । राष्ट्रिय सम्पतीको रुपमा सभा हल रहने र हेटौंडाको गहनाको रुपमा चिनाउने उहाँले बताउनुभयो । समयसिमा भित्र निर्माण गर्न निर्माण कम्पनी संरक्षण निर्माण सेवा/ शेभ इन्जिनियरिङ्ग कन्स्ट्रक्सन जेभिलाई निर्देशन दिएका छन्, ।

४ सय जना अट्ने क्षमताको सभा हलको लम्बाई १५८ फिट र चौडाई ८५ फिट रहने मन्त्रालयले जनाएको छ । भवनको प्लिन्थ एरिया १३६८.१७ वर्ग मिटर रहने छ भने एक तल्ले र २५ फिट उचाइ रहने जनाइएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत लगायतको उपस्थिती रहेको थियो ।








