
खबरबाकस \ मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । २७ जना मध्ये १३ जना महिला र १० जना पुरुष रहेका छन्, ।
कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरका विभिन्न वडाका १३ रहेका छन्, । त्यस्तै, मनहरीका ८ जना, बागमतीका १ जना र चितवन जिल्लाका १ जना गरी २३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको ९ गते स्वाब संकलन गरिएको थियो ।









