मुख्य खबरसमाचारफिचर

नेपालमा थप १९८० जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३०३४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ३३७ जना पुगेको छ ।