
खबर बाकस \ नेपाली कांग्रेस मकवानपुरगढी र राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरगढी गाउँपालिका कार्यसमितिले समसामायिक विषयमा ध्यानाकर्षण स्वरुप ज्ञापन पत्र बुझाएको छ ।
आइतबार गाउँपालिकाको कार्यालय परिसरमा अध्यक्ष विदुर हुमागाईलाई पत्र बुझाइएको नेपाली कांग्रेस गाउँपालिका सभापति राजवीर मोक्तानले बताए । ऐतिहासिक गढी दरबारमा रहेको मन्दिरको प्रवेश शुल्क, नातावाद र कार्यकर्तामुखी बजेट विनियोजन प्रणाली, गाउँपालिकामा पर्ने खोला रेखाङ्कन, शिवम् सिमेन्ट उद्योगको खानी उत्खनन्, वडालाई पक्षपात नगरी विकासको गती तिव्र बनाउन, लाल पुर्जा विहीन गाउँबासीलाई पुर्जा दिलाउने, चेर्चर खाइ रहेको एैलानी जग्गा नाप नक्सा गरी उसैको नाममा गरिने जस्ता विषयमा ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।

त्यस्तै, बनको उचित व्यवस्थापन,गढी दरवार सहित अन्य ऐतिहासिक पार्कको विकास गर्ने, विपन्न र थोरै पशुपालन गर्ने किसानलाई पनि प्रोत्साहन गर्ने जस्ता कार्यमा गाउँपालिकाले कार्ययोजना गरी काम गर्न आग्रह गरेको छ ।
मुख्य कुरो त तत्काल समस्या देखिएको भुमिहिनको समस्या र गढी दरबार प्रवेशमा शुल्कको विषयमा स्थानिय, टोल विकास र राजनितिक दलको समन्वय विना नै एकलौटी निर्णय प्रति आपत्ति जनाउदैं का.ग्रेस र राप्रपाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको राप्रपा गढीका अध्यक्ष कृष्ण विडारीले बताए ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष विदुर हुमागाईले पत्रमा उल्लेख भएका विषयमा आफु सकरात्मक रहेको बताए । उनले ऐन कानुनमा रहि र कार्यपालिकाले गरेको निर्णय अनुसार दरबार क्षेत्रमा शुल्क लगाइएको बताए ।








