
खबरबाकस \ बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले प्रदान गर्दै आइरहेको नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड मकवानपुरका ५ वटा बचत तथा ऋण सहकारीले प्राप्त गरेका छन्, ।
ब्राण्ड प्राप्त गर्ने सहकारीहरुमा हेटौंडा १३ को महिला मिलन सोकोस, हेटौंडा १५ को महिला जनचेतना साकोस, मकवानपुरगढी ३को जागरण साकोस, भीमफेदी ३ को महिला अभियान साकोस र इन्द्रसरोवर ४ को सक्रिय महिला साकोस रहेका छन्, ।
मकवानपुरका ५ वटा सहित देशभर ४० वटा सहकारी संस्थाले प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन्, । गत वर्ष ३४ वटा सहकारीले ब्राण्ड हात पारेका थिए ।
नेफ्स्कुनले आफ्ना सदस्य साकोसहरुको दीगो विकास, व्यावसायिककरण र गुणस्तर सुनिश्चिताका लागि यो प्रोबेशन कार्यक्रम संचालन गर्दै आइरहेको छ ।









