मुख्य खबरसमाचारफिचर

नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३४९ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६४ हजार ४६१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार १८९ जना पुगेको छ ।