
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३१४२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ४ जना पुगेको छ ।








