मुख्य खबरसमाचारफिचर

मंगलबार मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि

संवाददाता

खबर बाकस \ मकवानपुरमा मंगलबार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २३ महिला र ३८ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ५३ जना रहेका छन्, । त्यस्तै, बकैया गाउँपालिकाको २ जना र मनहरीको २ जना,भीमफेदीको २ र जिल्ला बाहिर ठेगाना भएका २ जना गरी ६१ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १७ गते संकलन गरिएको थियो ।