
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मुजेलिया छठघाटमा पुगेर छठी माताको पूजा आराधना गरेका छन्। यसअघि उनले गङ्गासागर पोखरीस्थित छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधामका विभिन्न तालतलैयास्थित छठघाटहरू आकर्षक रूपमा सजाइएका छन्। व्रतालुहरू श्रद्धा र भक्तिपूर्वक पूजाआराधनामा सहभागी भइरहेका छन्।
छठ पर्वलाई लक्षित गर्दै धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको पनि प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिएका छन्।







