
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य गर्ने बताएका छन् ।
नेपाली युवाहरुलाई एआई युगका लागि तयार गर्ने सरकारको लक्ष्य भएको उनको दाबी छ । ‘शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने हाम्रो लक्ष्य छ’, उनले भने
साथै उनले एआईमा शक्ति राष्ट्रहरुले गरेको उपलब्धीको लाभ विकासशील राष्ट्रहरुले पनि लिन पाउनुपर्ने मत राखे । नेपालले एआई विलासिता नभई रुपान्तरणका लागि प्रयोग गर्ने उनको भनाइ छ ।








