
खबर बाकस/ स्कटल्यान्डकै पहिलो पशुपतिनाथ मन्दिर स्थापना भएको एक वर्ष पुरा भएको छ। प्रथम वार्षिक उत्सव विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी ग्लासगो नेपाली कम्यूनिटी हलमा मनाऊन लागिएको जानकारी दिदै र उक्त समारोहमा सरिक हुन पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति स्कटल्यान्डले सबैमा अनुरोध समेत गरेको छ।
यही असोज २ गते आईतवार अर्थात सेप्टेम्बर १८ तारिकका दिन भव्य रुपमा हिन्दूहरुका आराध्यदेव महादेव शिवजीको पुजा आराधना रुद्रीपुजा का सांथै भजन किर्तन र प्रसाद ग्रहणका साथै बिशिष्ट धार्मिक गुरु गुप्तेश्वर पान्डेय ज्युबाट धार्मिक प्रवचन समेतको कार्यक्रम रहेकाले उक्त प्रथम वार्षिक उत्सव कार्यक्रममा सपरिवार ग्लासगो नेपाली कम्यूनिटी हलमा बिहान ८ बजे उपस्थित हुन निमन्त्रणा गरिएको छ।
कार्यक्रम:
मिति : २०७९ असोज २ गते आईतवार
Date : 18th September 2022 Sunday
समय: बिहान 8:००देखि दिउंसो १५:००वजे सम्म
Time 8:00AM to 15:00PM
स्थान : ग्लासगो नेपाली कम्यूनिटी हल
Glasgow Nepalese community hall
1 Priory Ave
Paisley
PA3 4NS
अध्यक्ष सचिव
देव केसी दिवाकर पान्डेय
तथा








