
खबरबाकस \ लामो समय नेकपा एमालेको युवा संगठनमा क्रियाशील रहेका युवा नेता ईश्वर पाठकले जनताको पार्टी नेपाली कांग्रेस मात्र रहेको भन्दै कांग्रेस रोजेका थिए । विद्यार्थी राजनिति देखी प्रखर र सक्रिय नेताको रुपमा उदाउदैं आएका नेता पाठकले कांग्रेस प्रवेश गरेको वर्षमै तरुण दलको जिल्ला नेतृत्व गर्ने अवसर पाएका थिए । तरुणको नेतृत्व सम्हालेपछि जिल्लामा निदाएको तरुण दललाई ब्युँझाएर सक्रिय बनाउन सफल उनको नेतृत्वलाई कांग्रेस जिल्लातह देखी केन्द्रीयतह सम्म का नेताहरुले तारिफ गर्न बाध्य भएका थिए ।
तरुण दल मार्फत राजनिति सक्रिय उनी १४ औं महाधिवेसनबाट कांग्रेस मकवानपुर सचिव पदमा निर्वाचित हुन सफल भए । धेरैले काँचो नेता भनेर उनीप्रति चासो नदेखाएपछि उनको सक्रियता पार्टीप्रतिको लगनशीलताको मुल्याकन गर्दै मतदाताहरुले चिन्न सफल भए । आजभोली काम गर्ने नेताको खोजी हुन थालेको छ । यहि घेराभित्र पाठक पर्दछन् ।
सामान्य ढङ्गले निर्वाचनमा प्रस्तुत भएका उनले कहिँकतै प्रचारप्रसारका सामाग्री प्रयोग गरेको पाइएन् । उनका ठुलाठुला व्यानरहरु पनि देखिएन् । रणनितिक हिसाबले कांग्रेसका पुराना हस्तिहरु सँग निर्वाचनमा होमिएका उनी कांग्रेस मकवानपुरको उदाउँदो र आशलाग्दो युवा नेताको रुपमा देखिएका छन् ।
मंगलबार सम्पन्न मतगणना पश्चात सचिवमा अत्याधिक मत ल्याइ विजयी भएपछि उनले कांग्रेसलाई सांगठनिक संरचना बलियो बनाएर अघि बढ्ने उद्घोष गरेका छन् । कांग्रेसभित्रको व्यथितिलाई थितिमा ल्याउने उनको पहिलो एजेण्डा छ । कांग्रेस गरिबको लागि लड्छ, अब गाउँको कुनाकुनामा कांग्रेसको संगठन विस्तार गर्नु जरुरी रहेको उनले बताए ।
कांग्रेसमा लागेर कपाल फुलाएका पुराना कांग्रेसीहरुलाई पाखा लगाउदैं पाठकले कांग्रेस मकवानपुर युवा नेतृत्वको बिजारोपण गर्न सफल भएको चर्चा सुरु भएको छ । खडेरी लागेको युवा नेतृत्वको ढोका खोलेका उनले अब युवाहरुले कांग्रेसको नेतृत्व गरिनुपर्ने उनी बताउछन् ।
पहिलो पटक पार्टीको त्रिपक्षिय प्यानल भिडन्तमा आफुलाई अब्बल बनाउन सफल उनी कांग्रेसको भावी नेतृत्व तहमा पुग्ने चर्चा सुरु भइसकेको छ ।
उनको उम्मेदवारीले कुनै अर्थ नराख्ने बताउनेहरुलाई उनको सफलताले ठुलो पाठ पढाएको छ । जे होस् कांग्रेस मकवानपुरले उदयमान युवा नेताको रुपमा ईश्वर पाठकलाई जन्माउन सफल भएकोमा तन्नेरी कांग्रेसीहरु उत्साहित छन् ।








