मुख्य खबरसमाचारफिचर

निर्वाचन समितिद्धारा घोषित भए सभापतिमा लामा

संवाददाता

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा घोषित भएका छन् । केहिबेर अघि निर्वाचन समितिले लामा मकवानपुरको सभापति भएको घोषणा गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत  गोपी शर्मा सुवेदीले सभापतिको प्रमाण पत्र प्रदान गर्दै उनी सभापति भएको घोषणा गरेका हुन् । दोस्रो चरणमा निर्वाचन हुने भएकाले प्रत्यासी आनन्दराम पराजुली र लामाबीच सहमति भएपछि दोस्रो स्थान भएका पराजुलीले लामालाई समर्थन गरेका थिए ।

सभापति घोषणा कार्यक्रममा बोल्दै सभापतिका प्रत्यासी आनन्दराम पराजुलीले यो जित मकवानपुर कांग्रेसको भएको बताए । उनले तीन जना सभापतिलाई बराबर मतदान गर्ने मतदातालाई धन्यवाद दिदैं आगामी दिनहरुमा सबै एकजुट भइ मिलेर सहकार्य गर्दै अघि बढ्ने बताए ।

त्यस्तै, सभापति बनेका लामाले सबै मतदाताहरुलाई धन्यवाद दिदैं आगामी दिनहरुमा मकवानपुरमा सबै नेताहरु सहकार्य, सहमति र एकता भई काम गरिने बताए । सभापतिको लागि दोस्रो चरणमा मतदान नहुने भएपछि अब निर्वाचन समितिले अन्य पदको मत गणना सुरु गरिने जनाएको छ ।