मुख्य खबरफिचर

सकियो मतगणनाः पराजुली र लामा दोस्रो चरणमा प्रवेश, लामिछाने भए तेस्रो स्थान

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापतिमा मत परिणामको आधारमा बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थान हासिल गरेका छन् ।

पहिलो चरणमा पराजुलीले ५४५ मत प्राप्त गरे भने लामाले ५९२ मत प्राप्त गरेका छन् । तेस्रो स्थान हुने लामिछानेले ५३१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । १०७ मत भने बदर भएको छ ।

निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो । ५१ प्रतिशत नपुगेकोले मंगलबार पुनः मतदान गरिने जनाइएको छ । दोस्रो चरणमा पराजुली र लामाबीच प्रतिस्पर्धा रहनेछ ।