मुख्य खबरसमाचारफिचर

मतपरिणाम अपडेटः एक हजार पाँच सय मतगणना सकियो, लामाले लिए अग्रता

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापति पदको उम्मेदवारको मतगणना जारी भइरहेको छ । खसेको मत मध्ये एक हजार पाँच सय मत गणना हुदाँ आनन्दराम पराजुलीले ४७२ मत प्राप्त गरेका छन् ।

यता बुद्ध लामाले ४८८ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले ४५३ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । बाकीँ मत भने बदर भएका छन् ।

निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो । सुरुवात देखी पराजुलीले अग्रता लिइरहेता पनि बीचमा लामाले अग्रता लिएका छन् ।