
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापति पदको उम्मेदवारको मतगणना जारी भइरहेको छ । खसेको मत मध्ये पाँच सय मत गणना हुदाँ आनन्दराम पराजुलीले १७४ मत प्राप्त गरेका छन् ।
यता बुद्ध लामाले १४८ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले १५७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । बाकीँ मत भने बदर भएको छ ।
निर्वाचनमा एक हजार ७७५ मत खसेको छ । सभापतिको अन्तिम मत परिणाम करिब चार घण्टामा आइसक्ने अनुमान गरिएको छ ।








