मुख्य खबरसमाचारफिचर

सभापतिको एक सय मतगणना

संवाददाता

खबरबाकस \  नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना सुरु भएको छ । खसेको मत मध्ये एक सय मत गणना हुदाँ आनन्दराम पराजुलीले ४९ मत प्राप्त गरेका छन् ।

यता बुद्ध लामाले २० मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २९ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । २ मत भने बदर भएको छ ।

निर्वाचनमा एक हजार ७७५ मत खसेको छ । सभापतिको अन्तिम मत परिणाम करिब चार घण्टामा आइसक्ने अनुमान गरिएको छ ।