
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वका लागि गरिएको निर्वाचन प्रक्रिया सोमबार भएको छ । सभापतिमा तीन जनाको उम्मेदवार परेको छ । सोहीक्रममा आज मतदान पनि भइसकेको छ ।
निर्वाचन प्रक्रियामा विजयी हुन ५१ प्रतिशत मतभार पुग्नुपर्ने हुनाले दोस्रो चरणमा निर्वाचन गरिनुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप सुरुमै सभापति पदको मत गणना सुरु भएको छ । अन्यपदको मत गणना भने सभापतिको मतगणना भएपश्चात मात्रै हुनेछ । दोस्रो चरणमा मतदान गरिनुपर्ने अवस्था आउने भएकाले सुरुमै सभापतिको मतगणना भएको हो ।
कांग्रेस पार्टी कार्यालयमा केहिबेर अघिबाट मतगणना सुरु गरिएको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । उनले करिब तीन घण्टामा सभापतिको मत परिणाम आउन सक्ने बताए । आज एक हजार ७७५ मत खसेको छ ।
तीन जना उम्मेदवार रहेकाले ५१ प्रतिशत मत नआए मंगलबार पुनः सभापति पदका लागि पहिलो चरणमा पहिलो र दोस्रो स्थान हासिलगर्ने बीच मतदान हुने बताउछन् ।








