मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशसभाको बैठक अनिश्चित

संवाददाता

खबरबाकस \ बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । प्रदेशसभाको फागुन १६ गते सोमबारका लागि तय भएको बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख जनाएको छ ।

नेपाली कांग्रेसको विभिन्न जिल्लामा जारी अधिवेशन, एमसीसीका कारण देशमा देखापरेको दलहरुवीचको ध्रुविकरणका कारण वैठक स्थगित गरिएको बुझिएको छ ।

प्रदेशसभा बैठक अघि आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक र सर्वदलिय बैठक पनि स्थगित भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो ।