मुख्य खबरसमाचारफिचर

कांग्रेस अधिवेसनः मनोनयन दर्ता आइतबार, मतदान भने सोमबार विहान

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता फागुन १५ गते आइतबार र मतदान १६ गते सोमबार बिहानबाट हुने भएको छ।

नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले १४ औं जिल्ला अधिबेशनको तालिका सार्वजानिक गरेको हो ।

फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ ३० प्रकाशन गरिने जनाइएको छ ।

मतदान भने फागुन १६ गते विहान ८ बजे हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन् । निर्वाचन प्रकृया हेटौंडा १ चौकीटोल ओरालोमा हुने जनाइएको छ।