मुख्य खबरसमाचारफिचर

मक्रान्चुलीमा रानी वनद्धारा गोलघर निर्माण

संवाददाता

 खबरबाकस \ हेटौंडा ६ चौघडामा रहेको रानी सामूदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी ३ मक्रान्चुलीमा गोलघर निर्माण गरेको छ ।

वडा नम्बर ३ को कार्यालय अगाडी वन समूहले गोलघर निर्माण गरि सोमबार उद्घाटन गरिएको थियो । वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले गोलघरको उद्घाटन गरेका थिए । गोलघर निर्माण पछि गाउँपालिका तथा वडा कार्यालय आउने सेवाग्राहीले घामपानीमा बस्न पाउन सहज भएको छ ।

गोलघर उद्घाटन कार्यक्रम वन समूहका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, वन समूहका निवर्तमान अध्यक्ष कृष्ण बहादुर विडारी, चुच्चेखोला सामूदायिक वन समूहका अध्यक्ष अर्जुन प्रसाद दहाल, रानी वनका उपाध्यक्ष केशव घिताल, गोलघर निर्माण उपसमिति संयोजक शत्रुधन दुलाल लगायतको अतिथ्यता रहको थियो ।

वनले एक लाख ४० हजार लागतमा निर्माण गरिएको वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए । वन समूहले यस अघि हेटौंडा ६ चौघडा चोक, शान्तिटोलमा रहेको पिस पार्क र मकवानपुरगढी ३ फुटसलमा गोलघर निर्माण गरिसकेको पौडेलले बताए ।